२०८१ मंसिर ७ , शुक्रवार

रास्वपाका सभापति लामिछानेको म्याद थपबारेको बहस सकियो

rabi-lamichhane_

सुनाखरी न्युज/ काठमाडौं ।

रास्वपाका सभापति रवि लामिछानेको म्याद थपबारेको बहस सकिएको छ । मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपबारे बहस सकिएको हो ।

बहस सकिएपनि म्याद थपबारे निर्णय भने आइसकेको छैन । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको छ ।