२०८१ कार्तिक २० , मंगलबार

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ ।

दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

न्यायाधीश चन्द्रकान्त पाैडेलकाे इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो ।उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।