सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।