सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्का भएको छ ।डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएको हो ।
सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठूलो अन्तरले अगाडि छन् ।यो समाचार तयार पार्दासम्म ट्रम्पलाई बहुमत (२७० इलेक्टोरल भोट) हासिल गर्न मात्रै ५ इलेक्टोरल भोट आवश्यक छ ।
तर स्वीङ स्टेटमध्ये विस्कन्सन, मिचिगन, एरिजोना र नाभाडामा ट्रम्प अगाडि छन् । विस्कन्सनमा १० इलेक्टोरल भोट छ र ९१ प्रतिशत भन्दा बढी मत गणना भइसक्दा ट्रम्प निकै अगाडि छन् ।ट्रम्प सन् २०१६ मा पहिलोपटक राष्ट्रपति चुनिएका थिए । एजेन्सी