२०८१ मंसिर ९ , आइतवार

नासा नेपालले सडक सुरक्षा सम्बन्धि युवा सम्मेलन गर्ने

Capture

सुनाखरी न्युज/काठमाडौं ।

मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था नासा नेपालले नेसनल युथ कन्पे्रmन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटि -National Youth Conference for Safe & Sustainable Mobility)सम्बन्धि राष्ट्रिय युवा सम्मेलनका को आयोजना गर्ने भएको छ । विगत डेढ दशकदेखि नेपालमा मोटर स्पोर्ट्स, अटोमोबाईल मोबिलिटी तथा टुरिजम र रोड सेफ्टीमा क्रियाशिल नेपाल अटोमोबाईल एसोसियसन (नासा) नेपालले नयाँ अभियानको सुभारम्भ गर्न लागेको हो ।

युवाहरुको राष्ट्रिय संञ्जाल युथ फर रोड सेफ्टी इन नेपालको ब्यवस्थापनमा काठमाडौंमा हुने सम्मेलनमा दिगो सडक र सुरक्षित यातायात सम्बन्धि दुई दिने कार्याशाला सहितको विविध कार्यक्रम हुने नासा नेपालले जनाएको छ । कात्तिक ३० र माघ १ गते काठमाडौंमा हुने सम्मेलन नासा नेपालको संयोजन, अन्तराष्ट्रिय फेडेरेसनको सहयोग, राष्ट्रिय युवा परिषद्को र नासा फाउन्डेसनको सहकार्यमा हुन लागेको हो । कार्यक्रममा विभिन्न प्रदेशका युवाहरुको सहभागीता रहने र विभिन्न क्षेत्रका विज्ञ, सडकविद्, सरोकारवाला निकायका पदाधिकारीको उपस्थिती रहनेछ ।

बढ्दै गईरहेको सडक दुर्घटनाको भयावह अवस्था र यसबाट हुने मानवीय, आर्थिक र भौतिक क्षतिलाई न्युनीकरण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले बताएका छन् । यस वर्ष हुने पहिलो राष्ट्रिय सम्मेलन आयोजनमा नासा नेपालको विशेष सहयोग रहने र कार्यक्रममा अन्तराष्ट्रिय वक्ताहरु, त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश संघ, राष्ट्रिय युवा परिषद् समेतको उपस्थिति रहने छ ।कार्यक्रममा सडक सुरक्षा सम्बन्धि प्रस्तुती, छलफल सेसन, कार्यशाला तथा विभिन्न विषयको अनुसन्धान रिपोर्ट प्रस्तुत गरिनेछ । यूथ र सोसल मिडिया, मोटरसाईक्लिङ सेफ्टी तथा युवा उद्यमशीलताका सत्रहरु सम्मेलनमा विशेष रुपमा रहने नासा नेपालले जनाएको छ ।