सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा (एमाले) कोशीका सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ।विराटनगरस्थित घरबाटै पक्राउ परेका अधिकारीलाई आइतबार अपराह्न काठमाडौं ल्याइएको हो।
प्रहरीले उनलाई विराटनगरबाट यति एयरलाइन्सको विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएको हो। विमानस्थलबाट उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ।अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्याउन खोजेको आरोप छ।
एमाले कोशीले उनलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरिसकेको छ भने शनिबारको सचिवालय बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो।अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए।