सुनाखरी न्युज/ काठमाडौं ।
बलिउड अभिनेता शाहरुख खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
छत्तीसगढको राजधानी रायपुरबाट पक्राउ पर्नेमा फैजान खान नामका वकिल रहेको बताइएको छ । गत हप्ता रायपुरमा सोधपुछ गरेपछि प्रहरीले फैजान खानलाई नोभेम्बर ११ मा बान्द्रा प्रहरी चौकीमा बोलाएको थियो ।
नोभेम्बर ५ मा मुम्बईको बान्द्रा पुलिस स्टेसनमा फोन गरी शाहरुख खानलाई मार्ने धम्की दिँदै ५० लाख भारु मागेको रायपुरका एक प्रहरी अधिकारीले बताएका छन् । यो धम्की आएपछि प्रहरीले फोन गर्ने ती अज्ञात व्यक्ति विरुद्ध भारतीय न्याय संहिताको धारा ३०८ र ३५१ अनुसार मुद्दा दर्ता गरेको थियो ।