२०८१ मंसिर ७ , शुक्रवार

ट्रम्पविरुद्धको फौजदारी मुद्दा सम्बन्धी सजायको फैसला स्थगित

donald trump

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको फौजदारी मुद्दा सम्बन्धी सजायको फैसला न्यूयोर्कको एक अदालतले स्थगित गरेको छ । बीबीसीका अनुसार कम्तिमा १९ नोभेम्बरसम्म उनीविरुद्धको मुद्दामा फैसला हुने छैन ।

न्यायाधीश जुआन मर्चनले ट्रम्पका वकिल एवम् म्यानहटनका अभियोजक दुवैको अनुरोधमा ट्रम्पविरुद्धको मुद्दामा तत्काल कुनै पनि सुनुवाइ नगर्ने निर्णय गरेका हुन् ।

 

न्युयोर्क अदालतले रकम दुरुपयोग सम्बन्धी मुद्दामा ट्रम्पलाई सजायँ प्रक्रिया अघि बढाउने कि रद्द गर्ने भन्ने निर्णय गर्नुपर्ने छ ।

सन् २०१६ मा एक महिलासँगको शारीरिक सम्पर्कलाई गोप्य राख्ने उद्देश्यले ट्रम्पले ती महिलालाई रकम दिएको र त्यससम्बन्धी कागजात नष्ट गरेको आरोप छ । यो आरोपमा जुरीले ट्रम्पलाई दोषी देखाएको थियो ।

साथै जुरीले ट्रम्पलाई गत मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरेको थियो ।