२०८१ मंसिर ७ , शुक्रवार

सभापति लामिछाने पक्राउको विरोधमा भैरहवामा रास्वपाको प्रदर्शन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि भैरहवामा प्रदर्शन भएको छ ।

भैरहवाको लुम्बिनी रोडबाट रास्वपा नेता कार्यकर्ताले लामिछानेको पक्षमा नाराबाजी गरेका हुन् । आज बुद्धचोकमा कोणसभा गर्ने रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले बताए ।

बुटवलको सुप्रिम सहकारीमा बचत ठगी गरेको आरोपमा लामिछानेलाई हिजो कास्कीबाट रुपन्देही ल्याएको थियो। अहिले सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ।