सुनाखरी न्युज/ काठमाडौं ।
क्रिकेट संघ नेपाल (क्यान)द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मुख्य प्रायोजकको रुपमा आवद्ध भएको छ ।
क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारीज्यूहरु, बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, संचालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्षहरु र प्रमुख कार्यकारी अधिकृतज्यूहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पौष ६ गतेसम्म कीर्तिपुर स्थित टी.यू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।
नेपालको क्रिकेट जगतलाई थप उचाइमा पु¥याउने उद्देश्यका साथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको धारणा बैंकका अध्यक्ष मनोज कुमार केडियाले व्यक्त गरेको थियो । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृतज्यूले मन्तव्य प्रस्तुत गर्दै बैंकको यस समन्वयले नेपालमा क्रिकेटको स्तर नयाँ उचाइमा पु¥याइ देशको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउन मद्दत पुग्ने धारणा व्यक्त गरे।
पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि बैंक नेपाल प्रिमियर लिगको ५ वर्षको लागि मुख्य प्रायोजकको रुपमा जोडिएको बैंकले जनाएकाे छ ।