२०८१ मंसिर ३ , सोमवार

नेपाल वायुसेवा निगमको जहाज सि–चेक पश्चात काठमाडौं आइपुग्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल वायुसेवा निगमको A-330वाइडवडी जहाज 9N-ALZ(मकालु) को नियमित सि–चेकको मर्मत पश्चात European Aviation Safety Agency (EASA)रFederal Aviation Administration (FAA)बाट मान्यताप्राप्त युरोपेली मुलुक इटालीको Maintenance and

Overhaul Organization-MRO कम्पनी Atitechले अन्तर्राष्ट्रिय बिधिसम्मत प्रक्रिया पुरा गरि सि–चेकको मर्मत संभार कार्य सम्पन्न गरि Certificate of Release to Service (CRS) प्रदान गरेको छ र नियमानुसार प्रक्रिया पुरा गरि उक्त जहाज आज मिति १८ नोभेम्बर, २०२४ तारिक बिहान ०८ः ५२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको निगमले जनाएको छ ।

युरोपेली मुलुकहरु(EU)मा नेपाललाई Safety Listमा राखेको अवस्थामा पनि नेपाल वायुसेवा निगमको दुई वटै वाइडवडी जहाजहरु युरोपको इटाली स्थित ल्बउभिक मा मर्मत सम्भार कार्य सम्पन्न भएको छ । उक्त जहाज सहित निगमका चार वटै जहाजहरुले निगमको अन्तर्राष्ट्रिय सेक्टरहरुमा नियमित उडान गरे सँगै यात्रुहरुलई थप सेवा पुग्ने विश्वास गरिएको छ ।