२०८१ मंसिर ४ , मंगलबार

नेप्सेमा उच्च अंकको गिरावट, १० अर्ब ४६ करोडको कारोबार

Share

सुनाखरी न्युज/ काठमाडौँ ।

मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।यस दिन नेप्से ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ।

गत कारोबार दिन अर्थात् आइतबार ११ अर्ब ७२ करोडको सेयर कारोबार भएकोमा मंगलबार १० अर्ब ४६ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब २६ करोड रूपैयाँ कमी आएको हो।आज ३१० वटा धितोपत्रको दुई करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर किनबेच भएको हो।