२०८१ मंसिर १८ , मंगलबार

गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना “गरिमा समृद्घि योजना” सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक (Fund Sponsor)तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक(Fund Manager)रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड (Garima Mutual Fund)अन्तर्गत पहिलो बन्दमुखी योजना(First Close-Ended Scheme)को रुपमा रु एक अर्ब बराबरको “गरिमा समृद्घि योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट २०८१ साल मंसिर महिना ०५ गते स्वीकृती प्राप्त भएको जानकारी गराएका छन्।

नेपाल धितोपत्र बोर्डको स्वीकृति अनुसार अब छिट्टै नै सार्वजनिक रुपमा निष्काशन हुन लागेको गरिमा समृद्घि योजनाको संक्षिप्त जानकारी देहाय बमोजिम रहेको छ:

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा (Underwriting Services), लगानी व्यवस्थापन सेवाPortfolio Management Services – PMS)तथा निक्षेप सदस्य सेवा(Depository Participant Services-डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) प्रवाह गर्दै आएको बैंकले बताइएको छ ।

गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत सहजिकरण हुँदै आएको छ ।