२०८१ मंसिर ७ , शुक्रवार

दुई नेपाली फिल्म ‘तेलभिसा’र‘अग्निदहन’ हलमा लागे

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शुक्रबार देशब्यापी तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन् । दुई नेपाली फिल्म ‘अग्निदहन’ र ‘तेलभिसा’हलमा लागेको छ ।
‘अग्निदहन’लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।

यो मल्टिस्टारर फिल्ममा प्रकाश घिमिरे, माओत्से गुरुङ, अनुपमा भण्डारी, प्रमिला तुलाचन लगायतको अभिनय छ ।फिल्मले बोक्सीको नाममा महिलामाथि हुने हिंसाको कथा भन्छ । बोक्सी नभएर यो मानसिक स्वास्थ्य समस्या रहेको फिल्मको सन्देश छ ।‘

तेलभिसा’लाई शंकर घिमिरेले निर्देशन गरेका हुन् । सुत्केरी बुहारी स्याहर्न नेपालबाट अमेरिका पुगेकी सासुले भोग्नुपर्ने अध्यागमन अवरोध लगायतको कथावस्तु यसमा छ । यो फिल्मलाई अमेरिका, अष्ट्रेलिया, युरोपेली मुलुकमा नेपाली समुदायले भोग्नुपर्ने समस्याको कथा भनिएको छ ।

यसमा विपिन कार्की, वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङको अभिनय छ । विपिनले यसमा दोहोरो भूमिका निर्वाह गरेका छन् । युनिभर्सल प्रमाणपत्र पाएको यो फिल्मको रनटाइम १५६ मिनेट छ ।