२०८१ मंसिर ९ , आइतवार

गरिमा विकास बैंकले १८औ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका १८ संस्थागत सामाजिक उत्तदायित्वमूलक कार्यक्रमहरु

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

“Access to All” मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नविनतम डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको यस गरिमा विकास बैंक लिमिटेडले आज मिति २०८१ साल मंसिर ७ गते १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ । देशभर विभिन्न १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु आयोजना गरी १८औं वार्षिकोत्सव मनाउने उद्देश्य लिएको यस विकास बैंकले आज मिति २०८१ मंसिर ०७ गते शुक्रवार देशभरी निम्न कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ ।

१. विकास बैंकले देशका विभिन्न ७ स्थानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल ५६२ युनिट रगत संकलन गरको छ ।
क. विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आयोजित रक्तदान कार्यक्रमबाट ७७ युनिट रगत संकलन ।
ख. विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट ७८ युनिट रगत संकलन ।
ग. विकास बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १६२ युनिट रगत संकलन ।
घ. विकास बैंकको शाखा कार्यालय बुटवलमा आयोजित रक्तदान कार्यक्रमबाट ८४ युनिट रगत संकलन ।
ङ. विकास बैंकको क्षेत्रीय कार्यालय कोहलपुरमा आयोजित रक्तदान कार्यक्रमबाट ६५ युनिट रगत संकलन ।
च. विकास बैंकको शाखा कार्यालय, इटहरीमा आयोजित रक्तदान कार्यक्रमबाट ५९ युनिट रगत संकलन ।
छ. विकास बैंकको शाखा कार्यालय, बीरगंजमा आयोजित रक्तदान कार्यक्रमबाट ३७ युनिट रगत संकलन ।
२. जिल्ला ट्राफिक कार्यालय, पोखरामा ब्रेथलाइजर र रंगिन प्रिन्टर प्रदान ।
३. कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मुल सडकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डिभाइडर कोन प्रदान ।
४. कान्ति बाल अस्पताल, काठमाडौमा वेटिङ्ग कुर्सी प्रदान ।
५. बेनी अस्पताल, म्याग्दीमा वेटिङ्ग कुर्सी प्रदान ।
६. श्री ज्ञानज्योति आधारभूत विद्यालय लल्याङ स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसूट (स्कूल ड्रेस) वितरण ।
७. जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने ¥याक प्रदान ।
८. श्री रामनदीधाम संस्कृत गुरुकुल राम्दी, स्याङ्जामा स्टील दराज प्रदान ।
९. मेची आधारभूत विद्यालय भद्रपुर ३ झापा, डोलो गाँउ (मेची नदीको पारीको गाँउ) मा बिद्यार्थीहरुको लागि जुत्ता र मोजा वितरण ।
१०. श्री रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसमको पोशाक वितरण ।
११. श्री बाल शिक्षा निकेतन आधारभुत विद्यालय वालिङ्ग ११ गब्दे, स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसुट (स्कूल ड्रेस) वितरण ।

त्यसै गरी “स्वस्थ जीवनशैली” का लागि खेलकुुद भन्ने नाराका साथ यस विकास बैंकले मिति २०८१/०८/०८ गते शनिबारका दिन Garima Road Race Competition- 2081आयोजना गर्दैछ । किर्तिमानी धावक एवं ओलम्पियन बैकुण्ठ मानन्धरबाट उद्घाटन हुने खुल्लातर्फ महिला र पुरुष १० कि.मि. र कर्पोरेट तर्फ महिला र पुरुष ५ कि.मि. दुरीको गरी कुल ४ वटा Road Race प्रतियोगितामा विकास बैंकले प्रत्येक प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने धावकहरुलाई क्रमशः रु.७५,०००/– रु.६०,०००/-, रु.४५,०००/–, रु.३०,०००/- र रु.१५,०००/- पुरस्कार प्रदान गर्ने बैंकले जनाएको छ ।

खुल्ला र कर्पोरेट तर्फको Road Race प्रतियोगितामा गरी करिब ७०० जनाको सहभागिता रहनेछ । विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा च्यबम च्बअभ प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।