सुनाखरी न्युज/ काठमाडौँ ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनु भएका भूमिब्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्री बलराम अधिकारीले नेपाली कांग्रेससंगको सत्ता सहकार्य २०८४ सालको निर्वाचनसम्म कायम रहने बताएको छ ।
सुक्रवार नेकपा एमाले जिल्ला कमिटि बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदैं मन्त्री अधिकारीले राजनीतिक स्थीरता, संविधान संसोधन र जनताले अनुभुत गर्ने गरी विकास निमार्णका काम गर्नका लागि सरकार बनेको दावी गदैं अधिंकास कामहरु सम्पन्न हुने चरणमा रहेकाले यो सरकारले जनताको बिकासप्रतिको चाहाना पुरा गर्ने बताए।
मन्त्री अधिकारीले एमाले र कांग्रेसका केहि मन्त्री फेरिने कुरा हावादारी रहेको भन्दै सरकारलाइ अस्थिर बनाउन यस्ता अधारहिन समाचार ल्याउने काम भएको बताए ।एक फरक प्रसंगमा मन्त्री अधिकारीले सहकारीको क्षेत्रमा सरकारले गर्नुपर्ने सबै काम गरी सक्ने बताए । सहकारी ऐन संसोधन एक महिना भित्रै गरिसक्ने, कर्जा असुली न्यायाधिकरण गठन ,दोस्रो तहको नियामक निकाय (एसटिआइ) गठन गर्ने , कर्जा सूचना केन्द्रमा बित्तिय सहकारीलाइ आबद्ध गर्ने काम अबको १–२ महिना भित्र सम्पन्न गर्ने बताए।
मंसिर १५ भित्रै भुमि आयोगका जिल्ला संरचना गठन हुने र अवको ५, ६ महिनाभित्रै सरकारले भूमिहिन सुकुम्वासीलाई लालपुर्जा बितरणको काम अघि बढ्ने मन्त्री अधिकारीको भनाई छ । मन्त्रालयको कामले बाँके जिल्ला आएको बेला अगुवा कार्यकर्ता भेला आयोजना गरीएको एमाले जिल्ला अध्यक्ष निरक गुरुङले बताए ।