२०८१ मंसिर १० , सोमवार

दृष्टिबिहीन विश्वकप क्रिकेट : नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

दृष्टिबिहीन विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानसामु जितका लागि दुई सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पाकिस्तानको लाहोरमा जारी दृष्टिबिहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज टस हारेपछि पहिल ब्याटिङ गर्न पुगेको हो । नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अद्र्धशतकीय पारी खेले । बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए । यस्तै भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए । अफगानिस्तानका बलरहरुले नेपाललाई ३९ अतिरिक्त रन दिएका थिए ।

यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग तथा दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । नेपालले मङ्गलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ । दृष्टिबिहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र दक्षिण अफ्रिका सहभागी छन् ।  रासस