२०८१ मंसिर ११ , मंगलबार

नेपालमा `विश्व फलक पर राम´ विषयमा द्वि-दिवसीय अन्तर्राष्ट्रिय संगोष्ठी

1

सुनाखरी न्युज
काठमाडौं ।

आगामी मंसिर १२ र १३ गते (27, 28 नोभेम्बर) त्रिभुवन विश्वविद्यालय प्राङ्गण स्थित नयाँ पुस्तकालय भवनमा `विश्व फलक पर राम´ विषयमा द्विदिवसीय अन्तर्राष्ट्रिय सङ्गोष्ठी हुन गइरहेको छ। संगोष्ठीमा नेपाल, भारत, अमेरिका, नेदरल्यान्ड, ब्रिटेन, कनाडाका विद्वानहरू प्रत्यक्ष अथवा आभासी (अनलाइन) माध्यमबाट सहभागी हुनुहुनेछ। प्रत्यक्ष रूपमा सहभागी हुनुहुने पचास विद्वानहरू नेपाल आइपुगिसक्नुभएको छ। संगोष्ठीको उद्घाटन सत्रमा मुख्य अतिथि माननीय बद्रीप्रसाद पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुनेछ।

संगोष्ठीको अध्यक्षता प्रो. केशरजंग बराल, उपकुलपति, त्रिभुवन विश्वविद्यालयले गर्नुहुनेछ। विशिष्ट अतिथिको रूपमा श्री प्रसन्न श्रीवास्तव, मिसन उपप्रमुख, भारतीय दूतावास, प्रो. आशुरानी, कुलपति, डा. भीमराव अम्बेडकर विश्वविद्यालय, आगरा, हुनुहुनेछ। मुख्य वक्ताका रूपमा डा. अनिता कपुर, वरिष्ठ साहित्यकार एवं संस्थापक अध्यक्ष, ज्योति हिन्दी संस्थान, कैलीफोर्निया (अमेरिका) हुनुहुनेछ।

संगोष्ठीमा भारतका संयोजक प्रो. प्रदीप श्रीधर, निदेशक, कन्हैयालाल माणिकलाल मुंशी भाषा विज्ञान विद्यापीठ, आगरा, नेपालकी संयोजिका प्रो. सन्जिता वर्मा, पूर्व विभागाध्यक्ष हिन्दी केन्द्रीय विभाग त्रि.वि., प्रो. पुनम सिंह तथा प्रो. वन्दना अग्रवाल सारस्वत अतिथिका रूपमा रहनुहुनेछ। सहसंयोजकका रूपमा नेपालबाट डिल्लीराम शर्मा संग्रौला र भारतबाट डा. सुशील कुमार कोटनाला हुनुहुन्छ।