सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो कारोबार दिन प्रतितोला नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।