सुनाखरी न्युज/ काठमाडौं ।
बुलाकी’ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र घोषित भएको छ । बुधबार शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यस फिल्मले ‘सर्वोत्कृष्ट फिल्म’को ट्रफी उचाल्यो ।
चलचित्र विकास बोर्डले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८० सालमा सार्वजनिक प्रदर्शनमा आएका फिल्मको प्रतिस्पर्धामा उत्कृष्ट हुने फिल्मलाई १० विधामा पुरस्कार प्रदान गरे ।
उक्त अवसरमा राष्ट्रिय चलचित्र पुरस्कार २०८० र सोही वर्षको विशेष चलचित्र पुरस्कार वितरण गरियो । राष्ट्रिय चलचित्र पुरस्कार जित्ने सबै फिल्मले २५/२५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
राष्ट्रिय चलचित्र पुरस्कार २०८० विजेताको सूची:
सर्वोत्कृष्ट फिल्म : बुलाकी
सर्वोत्कृष्ट निर्देशक : निश्चल बस्नेत (दिमाग खराब)
सर्वोत्कृष्ट अभिनेता : विपिन कार्की (प्रसाद २)
सर्वोत्कृष्ट अभिनेत्री : स्वस्तिमा खड्का (दिमाग खराब)
सर्वोत्कृष्ट पटकथा तथा संवाद : राजबहादुर साने (बुलाकी)
सर्वोत्कृष्ट छायांकन : शिव ढकाल (बुलाकी)
सर्वोत्कृष्ट सम्पादन : मित्र डी गुरुङ (महाजात्रा)
सर्वोत्कृष्ट आदिवासी जनजाति फिल्म : लोजिमा (लिम्बु भाषा)
प्रोत्साहन पुरस्कार : स्वस्तिमा कार्की (टुल्की)
सर्वोत्कृष्ट व्यवसायिक फिल्म : जारी