२०८१ मंसिर १४ , शुक्रवार

प्रलय

Santosh

सन्तोष कुमार पोखरेल-

ऊ माथिबाट हेरिरहेको थियो
काया धर्तीमाथि हिड्दै थियो
निरक्षरहरू चिल्ला गाडीका झ्यालबाट
छड्के आँखाले हेर्दै थिए
सडक पेटीमा ।

आकाश पनि तिनैले ढाकेका थिए,
उसलाई हम्मे हम्मे पर्यो ।
आकाशको पनि अपमान भएको थियो
त्यसदिन ।

उसको ऊ माथिबाट धर्तीमा झर्यो
आँसू बनेर
अनि त्यस दिनदेखि सगर बर्सिन थालेको छ ।

प्रलय रोक !

(सन्तोष कुमार पोखरेल हाम्रो समयका बहुभाषिक विश्वकवि हुनुहुन्छ । यो गम्भीर कविताले देशको वर्तमान स्थितिको सटीक चित्रण र भविष्यको भयावहताको सजीव प्रस्तुति र खबरदारी गरेको छ ।)