सुनाखरी न्युज/काठमाडौं ।
ज्योति विकास बैंकले NEO Money Transfer Private Limited, नेपाल राष्ट्र बैंक (NRB) द्वारा इजाजतप्राप्त मनी ट्रान्सफर अपरेटर (MTO) सँग नीतिगत साझेदारी गरेको छ। यो सहकार्यको लक्ष्य ग्राहकवर्गलाई सुगम र प्रभावकारी रेमिट्यान्स सेवाहरू प्रदान गर्ने हो।
यस सम्झौता अन्तर्गत, विदेशबाट NEO मनी ट्रान्सफरमार्फत पठाइएको रेमिट्यान्स रकम ग्राहकहरुले अब ज्योति विकास बैंकका नेपालभरिकै विभिन्न शाखाहरु मार्फत सजिलै प्राप्त गर्न सकिने जानएको छ । यो सहकार्यले रेमिट्यान्समा निर्भर रहने व्यक्तिहरू र परिवारहरूलाई छिटो, सुरक्षित, र सहज वित्तीय सेवाहरू सुनिश्चित गर्दछ।
NEO मनी ट्रान्सफरसँगको एकिकरणले बैंकको वित्तीय समावेशनलाई प्रवर्द्धन गर्न र वित्तीय समाधानका लागि विश्वसनीय साझेदारको रूपमा यसको स्थानलाई सुदृढ गर्न प्रतिबद्धता प्रदर्शन गर्दछ। ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूको सहजताको लागि विभिन्न सहकार्यहरू गर्दै विविध सुविधाहरू उपलब्ध गराउँदै आएको छ।