सुनाखरी न्युज/काठमाडौं ।
कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठ, काठमाण्डौ स्थित भिजन कार्ट प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई इएम् शुल्क र परीक्षणमा ४०% छुट (अधिकतम रू.४,००० सम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५% सम्म छुट दिइने जनाइएको छ ।
साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५% छुट, सनग्लासमा १०% छुट, र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिईने बैंकले जनाएको छ।