२०८१ मंसिर १९ , बुधवार

दोहोरो अंकले बढ्यो नेप्से,१० अर्ब ५४ करोडको सेयर कारोबार

Share Up

सुनाखरी न्युज/काठमाडौं ।

सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।नेप्से १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा बन्द भएको छ।यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

गत कारोबार दिन अर्थात् आइतबार ८ अर्ब ८३ करोडको सेयर कारोबार भएकोमा सोमबार १० अर्ब ५४ करोडको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ७१ करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३१४ वटा धितोपत्रको दुई करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर किनबेच भएको हो।सोमबार १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११२ वटाको घटेको छ। यस्तै ६ कम्पनीको स्थिर रहेको छ।यसदिन चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।