२०८१ मंसिर १९ , बुधवार

नेपाल टेलिकमका रिचार्ज कार्ड आपूर्ति समस्या समाधान

Nepal-Telecome

सुनाखरी न्युज/ काठमाडौं ।

विगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरु बजारमा सहज रुपमा उपलब्ध हुन नसकेकोमा हाल उक्त समस्या समाधान भई पूर्ववत रिचार्ज कार्डहरु बजारमा उपलब्ध भैसकेको नेपाल टेलिकमले जानकारी दिएको छ ।  यसबाट ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको हो ।

साथै केही सञ्चार माध्यमहरुमा रिचार्ज कार्डको अभावको कारणले नेपाल टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भनी भ्रामक समाचारहरु प्रकाशनरप्रसारण भएको पाइएकोमा उक्त समाचारहरुमा कुनै सत्यता नरहेको समेत कम्पनीले स्पष्ट पारेको छ।

रिचार्ज कार्डको सहज रुपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकवर्गले रिचार्ज कार्डको विकल्पको रुपमा रहेका ःMobile Point Of Sale (MPOS) र Namaste pay, eSewa, Khalti, IMEPay लगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको हुँदा रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको कम्पनीको भनाई छ ।