२०८१ मंसिर २० , बिहिवार

नेपाल टेलिकमको एमपीओस रिचार्जमा बोनस उपलब्ध

Nepal-Telecome

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिन्छ ।

यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै Mobile Point Of Sale (MPOS) र Namaste pay, eSewa, Khalti, IMEPay लगायतका डिजिटल वालेटहरु विकल्पको रुपमा रहेका छन् ।कम्पनीले हिजो (२०८१ मङ्सिर १८) देखि आगामी पौष १७ गते सम्मका लागि MPOS रिचार्जमा देहाय बमोजिम बोनस समेत उपलब्ध गराएको छ ।

Fullscreen capture 1242024 10357 PM

ग्राहकवर्गले सहजरुपमा कम्पनीका सेवाहरु मार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विभिन्न विद्युतीय माध्यमबाट टपअप गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।

यसका साथै सहज तवरले अविछिन्न रुपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरुको लागि नमस्ते सापटीको सुबिधा कम्पनीले उपलब्ध गराएको छ ।प्रिपेड मोबाइल प्रयोगकर्ताहले Start टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा *1477# डायल गरी 1 छनौट गरेर सापटी लिन सकिने टेलिकमले जनाएको छ।