सुनाखरी न्युज/ काठमाडौं ।
साताको अन्तिम कारोबार दिन बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक घटेको छ।नेप्से परिसूचक १५.९३ अंकले घट्दा कारोबार रकम समेत ८.४३ प्रतिशतले घटेको छ।
बुधबार नौं अर्ब १३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार आठ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको हो।जीवन बिमा र व्यापार मुलुक समूह बाहेक कुनै समूहमा पनि सुधार हुन सकेन।