सुनाखरी न्युज/ काठमाडौं ।
केही सातायता अभिनेता पल शाह विवाहको खबरले चर्चामा छन् । टिकटकदेखि रिल्ससम्म उनको विवाहको खबर छ्याप्छ्याप्ती छ । केही युट्युबरले उनको विवाह माघमा हुन लागेको दाबी गरिरहेका छन् ।
बिहीबार साँझ प्रशारित रजतपट नामक कार्यक्रममा रंग पत्रकार प्रकाश सुवेदीले पलले आगामी माघमा बिहे गर्न लागेको सनसनीपूर्ण खुलासा गरेका थिए । सुवेदीले कार्यक्रममै पलले सत्तारुढ दल नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुकी नेतृसँग लगनगाँठो कस्न लागेको सूचना पाएको जानकारी गराएका थिए । रजतपटमा सो रिपोर्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पललाई बधाईको ओइरो लागेको छ । बधाइको ओइरो लागेपछि पल भने प्रष्टीकरण दिनुपर्ने अवस्थामा पुगेका छन् ।पल फेसबुकमा लेख्छन्, ‘मेरो बिहेको खबरले म आफैं चकित छु ।
साथीभाइहरुले गर्नुभएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरुलाई स्पष्ट होस् यो खबरमा कुनै सत्यता छैन ।’पलको यो फेसबुक पोस्टमा धेरै प्रतिक्रिया आइरहेका छन् । एकजना कमेन्टमा लेख्छन्– चाँडै विवाह गर्नुपर्छ भाइ ।’ अर्को एकजना लेख्छन्, ‘सिंगल लाइफ जिन्दावाद ।’कामको कुरा गर्दा पल अभिनित फिल्म ‘मायावी’ प्रदर्शन तयारीमा छ । उनको पछिल्लो रिलिज ‘रावायण’ बक्स अफिसमा असफल रह्यो । यतिबेला भने पल म्युजिक भिडियोहरूमा व्यस्त छन् ।