सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ। सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ नै बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ।आइतबार प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।