सुनाखरी न्युज/ काठमाडौं ।
सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।आइतबार ४५.९३ अंक र सोमबार १२.८४ अंक गरी यो दुई दिनमा नेप्से ५८.७७ अंक घटेको हो।आज २६७६.१५ विन्दुमा बन्द भएको छ।यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात् आइतबार सात अर्ब ४६ करोडको सेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब ६२ करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ८४ करोड रूपैयाँ कमी आएको हो।
आज ३१७ वटा धितोपत्रको एक करोड १५ लाख २३ हजार कित्ता सेयर किनबेच भएको हो।सोमबार ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटाको घटेको छ। यस्तै १३ कम्पनीको स्थिर रहेको छ।