२०८१ मंसिर २७ , बिहिवार

काठमाडौंको कमलादीमा भासिएको सडक निर्माण सम्पन्न,आजदेखि सवारी साधन सञ्चालनमा

Kamaladi Sadak

सुनाखरी न्युज/ काठमाडौं।

काठमाडौंको  कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि सञ्चालनमा ल्याइएको छ । पुननिर्मित सडकमा आयोजित एक कार्यक्रमका बिच रिबन काटेर सडक खोलिएको हो ।

साउनको अन्तिम साता काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द नै थियो । ४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भई उद्घाटन गरिएपछि आजैदेखि सडक सुचारु गरिएको हो ।

सडक भासिनुपुर्व एक तर्फी बनाइएको यो सडक अब सुचारु भएपनि एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ ।

पहिला जस्तै अब उप्रान्त दरबार मार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउनेछन् । योसँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशस्थान हुँदै घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ ।