२०८१ पुष ८ , सोमवार

एनपिएल:विराटनगर किंग्समाथि पोखरा एभेन्जर्सको सुपर ओभरमा जित

Capture

सुनाखरी न्युज/ काठमाडौं।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचको खेल सुपर ओभरमा गएको थियो।दुवै टोलीले २० ओभरमा १३९-१३९ रन जोडेपछि खेल सुपर ओभरमा गएको हो।जसमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ ।एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलम पोखरा पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो ।१९ रनको लक्ष्य लिएर बएको विराटनगरले १ विकेट गुमाएर ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।

 

विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा पोखराका लागि ओपनर आन्द्रेस गौसले ३९ रन जोडे। उनले २७ बलमा ७ चौका प्रहार गरेका थिए। अर्का ओपनर दिनेश खरेल भने ११ रनमा आउट भए।४७ रनको ओपनिङ साझेदारी गरेपछि खरेल आउट भएका थिए। खरेल र गौस दुवैलाई विराटनगरका देब्रे हाते प्रतिश जिसीले आउट गरे।

जिसीले पोखराका जेन मलिङकलाई पनि ४ रनमा बोल्ड गरेका थिए। पोखराका कप्तान कुशल भुर्तेल ३१ रन जोडेर आउट भए। उनलाई विराटनगरका क्रिस सोलले आउट गरे लगत्तैको बलमा त्रितराज दास एलबिडब्लूको धरापमा परेका थिए। जारी एनपिएलमा पोखरा र विराटनगरले यसअघि चार चार खेल खेल्दा एक एक खेलमा मात्र जित निकाल्न सकेका छन्।