२०८१ मंसिर २७ , बिहिवार

सभापति लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

rabi-lamichhane_

सुनाखरी न्युज/ काठमाडौं।

कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै बिहीबार अदालत उपस्थित गराएको हो ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।प्रहरीले उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराइएको हो ।