सुनाखरी न्युज/ काठमाडौं ।
विश्वका उत्कृष्ट उत्पादनहरू आफ्नो हरेक बजारमा उपलब्ध गराउने प्रतिबद्धताका साथ, विश्वकै ठूलो मोटरसाइकल र स्कूटर निर्माता हीरो मोटोकर्पले नेपालमा दुई नयाँ मोटरसाइकल – एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ ।हीरो मोटोकर्पले एक्स्ट्रिम रेंज मार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएकोे कम्पनीले बताएको छ । एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ । एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य रु. ३,८४,९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि रु. २,८९,९०० र एबीएस भेरियन्टका लागि रु. ३,११,९०० तोकिएको छ ।
सार्वजनिक यी दुबै मोडेलहरू नवलपरासी स्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटरसँगै असेंम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।बाइक सार्वजनिक गर्न आयोजित कार्यक्रमका अवसरमा बोल्दै, हीरो मोटोकर्पका कार्यकारी उपाध्यक्ष सञ्जय भानले भने, “नेपालको परिवर्तनशील ग्राहकहरूको आवश्यकता पूरा गर्दै, हाम्रो नयाँ उत्पादन लाइनअप र सेल्स नेटवर्कलाई पुनर्जीवित गर्नु हाम्रो अहिलेको मूल उद्देश्य हो । नयाँ एक्स्ट्रिम रेंज को सुरुवातले हाम्रो ‘नयाँ नेपालको नयाँ हीरो’ ब्रान्ड थिमसँग मेल खाने गरी उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता झल्काउँछ । हामी आफ्ना ग्राहकहरुको अनुभवलाई अझ विशेष बनाउने तिर केन्द्रित छौँ । यो नयाँ उत्पादन पोर्टफोलियोले नेपालको नयाँ पुस्ताका राइडरहरूसँग समन्वय स्थापित गर्दै बजारमा उत्साह फैलाउने र देशभर हाम्रो उपस्थिति विस्तार गर्न अझ बढी मद्दत गर्नेछ ।”
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, “नेपालमा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ । यी दुबै मोटरसाइकल नेपालको परिवर्तनशील बजार आवश्यकतासँग पूर्णरूपमा मेल खान्छन् । नवीनतम प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शन मार्फत यी मोडेलहरूले ग्राहकहरूको यात्रा अनुभवलाई पुनः परिभाषित गर्नेछन् । बहुउपयोगीता, स्टाइलिश शैली र उत्कृष्ट कार्य क्षमता मार्फत एक्स्ट्रिम मोटरसाइकलले शहरी यात्री तथा एड्भेन्चर प्रेमीहरू दूबैको आवश्यकतालाई सम्बोधन गर्नेछ । हीरो मोटोकर्पको विश्वास र नवप्रवर्तनको इतिहास तथा नेपालको भौगोलिक र उपभोक्ताहरूलाई प्राथमिकतामा राख्दै सीजी मोटर्सको अनुभवले यी मोटरसाइकलहरू मार्फत दुईपांग्रे सवारी साधनको क्षेत्रमा नयाँ स्तर स्थापित गर्नेमा हामी विश्वस्त छौँ ।”
हीरो मोटोकर्प सन् २०१४ मा नेपाल प्रवेश गरेको हो । कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ । चौधरी गु्रप, नेपालको एक प्रतिष्ठित व्यवसायिक समूह, हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो । १ सय ६० भन्दा बढी कम्पनी संचालन गर्ने यस समूहसँग, १५,००० भन्दा बढी कर्मचारीहरूको बलियो टिम र १ सय २३ ब्रान्डहरू रहेका छन् ।