सुनाखरी न्युज/ काठमाडौं ।
शुक्रबारदेखि नेपालका हलमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । सौगात मल्ल स्टारर ‘बमबहादुर’ र हलिउडको प्रतीक्षित ‘मुफासा : द लायन किङ’ रिलिज भएका हुन् ।
‘बमबहादुर’को रनटाइम १३० मिनेट र सर्टिफिकेट पीजी छ । सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहलाई फिल्ममा उतारिएको छ । यसले भारतका नेपालीभाषी, विशेषगरी दार्जीलिङ पहाड र छिमेकी क्षेत्र डुवर्सको परिवेशको कथा भन्छ ।
शुक्रबारदेखि हलिउडको ‘मुफासा : द लायन किङ’ पनि प्रदर्शनमा आएको छ । वाल्ट डिज्नीको यो फिल्मको नेपाल रनटाइम ११८ मिनेट र सर्टिफिकेट पीजी छ ।