२०८१ पुष ७ , आइतवार

संघद्वारा स्वास्थ्य सचेतना गोष्ठी संचालन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मोरङ उद्योग व्यापार संघले भारतको मेदान्त सुपर स्पेसलिटी हस्पीटलको सहकार्यमा संघमा सी.पी.आर. र क्यान्सर रोगका विषयमा स्वास्थ्य सचेतना गोष्ठी (Health Awareness Seminar)आयोजना गरेको छ ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा महासचिव संजय कुमार श्रेष्ठद्वारा संचालित उक्त एक दिने गोष्ठीमा जय प्रभा मेदान्त सुपर स्पेसलिटी हस्पीटलका प्रतिष्ठित डा. अजय कुमार सिन्हा र डा. सन्दीप कुमारले कार्डियोपल्मोनरी रिजसीटेशन (सी.पी.आर.) र क्यान्सर रोगका विषयहरुमा सहभागीहरुलाई प्रत्यक्ष प्रशिक्षण एवं जनचेतनामुलक जानकारीहरु उपलब्ध गराई प्रमाण–पत्र वितरण गरिएको थियो ।

संघका कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समिति सदस्यहरु, पूर्व अध्यक्षहरु, मेदान्त अस्पतालका व्यवस्थापनका प्रतिनिधिहरु सहित विभिन्न संघ–संस्था, वस्तुगत संघ, प्रहरी प्रशासन, उद्योग/व्यवसाय प्रतिष्ठान, विद्यालय लगायतका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु लगायतको बाक्लो उपस्थितिमा संचालित उक्त गोष्ठीमा मोरङ उद्योग व्यापार संघ र मेदान्त अस्पताल बीच उपचार सेवाहरुमा छुट सम्बन्धी सम्झौता समेत गरिएको थियो भने गोष्ठीको अन्त्यमा संघका स्वास्थ्य व्यवस्थापन समितिका संयोजक डा. दिपेन्द्र नौलखाले उपस्थित सबैलाई संघको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।