सुनाखरी न्युज/ काठमाडौं ।
तेलुगु फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको घरमा आइतबार केही व्यक्तिले आक्रमण गरेका छन् । यस हमलामा अल्लु अर्जुनको घर अगाडिको भाग, गमला र केही समानमा क्षति पुगेको हो ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको अपुष्ट भिडियोमा उनको घर अगाडि केही व्यक्तिले नारा लगाएको देख्न सकिन्छ । भिडियोमा केही फुटेको गमला पनि देख्न सकिन्छ ।बीबीसी तेलुगु सेवाका अनुसार अल्लु अर्जुनको घरमा आक्रमण गर्नेहरूले आफू उस्मानिया विश्वविद्यालयको संयुक्त कार्य समितिका सदस्य भएको दाबी गरेका छन्।
प्रदर्शनकारीले अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२ः द रुल’ को प्रदर्शनका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको घटनामा न्यायको माग गरिरहेको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।