२०८१ पुष ८ , सोमवार

यो साता सोनु निगमको काठमाडौंमा कन्सर्ट,नेपाली गीत पनि गाउने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यो साता भारतका लोकप्रिय कलाकारले नेपालमा प्रस्तुति दिँदैछन्। बलिउडका चर्चित गायक सोनु निगम क्रिसमस डेको अवसरमा पुस १० गते बुधबार काठमाडौंमा गुञ्जिन लागेका हुन्।हायात रिजेन्सी होटलको मैदानमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ को तयारी तीव्र पारिएको इभेन्ट म्यानेजमेन्ट कम्पनी नेपाली–टच नेपालले जानकारी दिएको छ।

नेपाली टच नेपालका प्रमुख राजकुमार गोस्वामीका अनुसार टिकट बिक्री अन्तिम चरणमा छ। ६ हजार बढी टिकट बिक्री भइसकेको र १० हजार दर्शकको अपेक्षा रहेको उनले बताए।६ बजे गेट खुल्ने र ७ बजे सोनु निगम स्टेजमा चढ्नेछन्। सोनु निगमले केही नेपाली गीत समेत गाएका छन्। ‘सिमाना’ मा समावेश चर्चित गीत ‘उकाली ओराली गर्दै’ उनले नै गाएका हुन् । त्यस्तै, उनले स्वर दिएका फूलको डाली–डालीमा, यो जिन्दगीले के गर्‍यो, यो मायाले मलाई लगायत नेपाली गीत चर्चित छन्।

कन्सर्टमा उनले ‘उकाली ओराली गर्दै’ सहित केही नेपाली गीत पनि गाउने तयारी छ।सन् १९९३ मा ‘मोहम्मद रफीकी यादे’ एल्बम निकालेर ध्यान खिच्न सफल सोनु निगम सन् १९९५ मा टेलिभिजनमा ‘सारेगमप’को होस्टका रूपमा देखिए।आफ्नो समयका दिग्गज संगीतकार र अभिनेताहरुका प्रिय गायकका रुपमा सोनुले एकपछि अर्को हिट गीत दिँदै गए।

जसमा ये दिल, कल हो ना हो, सन्देशे आते है, सतरंगी रे, साथीयाँ, अब मुझे रात दिन, पंछी नदिया, कल हो ना हो, अभि मुझमे कहीं, अल इज वेल, कभी अलबिदा ना केहना आदी छन्। तीन दशक सक्रिय गायनमा रहेका सोनुको लोकप्रियता आज पनि घटेको छैन।अचेल संख्यात्मक रुपमा थोरै गीत मात्र गाउने अवसर पाए पनि ‘भूलभूलैया ३’ का लागि उनले गाएको ‘मेरे ढोलना’, ‘वजिर’ को ‘तेरे बिन’ होस् वा उनको पछिल्लो गीत ‘जान ले गई’ उनका नयाँ नयाँ गीतलाई पनि दर्शक स्रोताले उत्तिकै मन पराइरहेका छन्। धे