२०८१ पुष ८ , सोमवार

४ महिनापछि संसदको लेखा समितिको बैठक बस्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक ४ महिनापछि बसेको छ।यसअघि भदौ ९ गते समितिको बैठक बसेको थियो।

सांसदहरूले समिति बैठक नडाकिएको विषयमा सभापति ऋषिकेश पोखरेल माथि प्रश्न उठाएका थिए।

सांसद अमरेशकुमार सिंहले राज्य व्यवस्था समितिमा पुगेर कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउन नसकेपछि सभापतिले बैठक नराखेको आरोप लगाएका थिए।