सुनाखरी न्युज/ काठमाडौं ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीचको भिडन्तमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।उक्त घटना आइतवार प्रान्तको खैबर आदिवासी जिल्लाको दुर्गम तिराह उपत्यका क्षेत्रमा भएको थियो, जहाँ सुरक्षा बलहरूले खोजी अभियान सुरु गरेका थिए ।
नजिकैको सैन्य अस्पतालमा पठाउनु अघि घटनास्थलमा घाइते व्यक्तिहरूलाई तत्काल चिकित्सा सहायता प्रदान गरिएको थियो ।पाकिस्तानी सेनाले उक्त घटनाको बारेमा आधिकारिक बयान जारी गरेको छैन ।
पाकिस्तान–अफगानिस्तान सीमामा अवस्थित तिराह उपत्यका आफ्नो रणनीतिक स्थान र आतङ्कवादको इतिहासका कारण लामो समयदेखि आतङ्कवाद विरोधी प्रयासको केन्द्रबिन्दु बनेको छ । रासस/सिन्ह्वा