सुनाखरी न्युज/ काठमाडौं ।
हाल कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका BTSटावरहरुमा अनधिकृत रुपमा केही समूह र व्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पु¥याउने काम भएको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेकोमा कम्पनी दुस्ख व्यक्त गर्दछ ।
सर्केगाड गाउँपालिका-०५ स्थित बरै माइक्रो वी.टी.एस.मा पौष ४ गते सोलार प्यानल, VSATका उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको छ । विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सकिने टेलिकमले जनाएको छ ।
“यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ ।सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति पु¥याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न र नगराउनुहुन समेत नेपाल टेलिकम सबैमा अनुरोध गर्दछ”, टेलिकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।