सुनाखरी न्युज/ काठमाडौं ।
अन्तर्राष्ट्रिय ख्याति प्राप्त नेपालका बहुभाषिक कवि सन्तोष कुमार पोखरेलका तीन वटा काव्य कृतिको लोकार्पण शोमबार काठमाडौमा सम्पन्न भएको छ । कार्यक्रम काठमाडौंको पुतलीसडकस्थित ग्रीनलीफ फूडमा सफलतापूर्वक सम्पन्न भएको हो ।
भख्खरै प्रकाशित उनको ‘शून्यको यात्रा र अन्य कविताु’को लोकार्पण र The War & Other Poems र पहाड और सागर तथा अन्य कविताएँ समेत तीनै कृतिमाथि समीक्षा गरेर कार्यक्रम सकिएको थियो। नेपाल प्रग्या प्रतिष्ठानका सदस्य-सचिव धनप्रसाद सुवेदी, प्रा।संजीता बर्मा, राधेश्याम लेकाली, प्रा. भागवत ढकाल, सरीता अर्याल र लेखक सन्तोष कुमार पोखरेलले संयुक्तरुपमा पुस्तक लोकार्पण गरेका थिए। तीनवटा भाषामा लेखिएका एउटै लेखकका बिभिन्न तीन कृतिहरूमाथि एकैदिन एकैपटक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संभवतस् यो पहिलो पटक हो।
नेपाली काव्य कृतिको समीक्षा अम्बिका अर्यालले गरेकी थिइन् भने हिन्दी र अङ्ग्रेजी काव्य कृतिका समीक्षक क्रमशस् डिल्लीराम शर्मा संग्रौला र केशव सिग्देल थिए । गीता रेग्मीको कुशल संचालनमा संपूर्ण कार्यक्रम रोचक र सफल रह्यो।
सन्तोष कुमार पोखरेल विश्वकवि, विश्वका स्वर्णकवि अन्तर्राष्ट्रिय उत्कृष्ट कवि र रसियाको सुनको प्वाँख जस्ता अन्तर्राष्ट्रिय पदवीहरूबाट अलंकृत नेपालका पहिला साहित्यकार हुन्। गएको सेप्टेम्बर महिनामा कविको रसियाको दुई महिने यात्राका दौरान भएका साहित्यिक सम्मेलनहरूमा पोखरेललाई म्याक्सिम गोर्की मेडल र रसियाको सुनको प्वाँख मेडलबाट विभूषित गरिएको थियो।
पोखरेलका रचनाहरू मन छुने र विचारोत्तेजक हुन्छन्। उनका कृतिहरु चालिस भाषामा अनुवाद भैसकेका छन्। काठमाडौंका प्रमुख पुस्तक पसलमा पोखरेलका कृतिहरू किन्न पाइन्छन्।