२०८१ पुष १२ , शुक्रवार

विभान्ता डेन्टल हस्पीटल ,हिमाल डेन्टल हस्पीटल र प्रभु बैंकबीच सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं।

कमलादी स्थित विभान्ता डेन्टल हस्पीटल प्रा.लि.तथा काठमाण्डौ महानगरपालिका,वाड नं ०४, धुम्बाराही स्थित हिमाल डेन्टल हस्पीटल प्रा.लि.र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित डेन्टल हस्पीटल प्रा.लि.को दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २०% छुट पाउने भएका छन । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पीटल प्रा.लि.र हिमाल डेन्टल हस्पीटल प्रा.लि.मा प्राप्त गर्न सकिने बताइएको छ।

उक्त सम्झौतापत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पीटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणा को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।