२०८१ पुष १२ , शुक्रवार

मोजाम्बिकमा जेल तोडेर १५ सय कैदी भागे

Capture

सुनाखरी न्युज/ काठमाडौं।

अफ्रिकी मुलुक मोजाम्बिकमा चुनावी परिणामको विरूद्ध चलिरहेको हिंसात्मक प्रदर्शनको फाइदा उठाउँदै १ हजार ५ सयभन्दा बढी कैदी जेलबाट भागेका छन्।गत अक्टोबरमा भएको राष्ट्रपति चुनावमा धाँधली भएको भन्दै त्यहाँ हिंसात्मक प्रदर्शन सुरू भएको थियो।

सोमबार त्यहाँको सर्वोच्च अदालतले सन् १९७५ देखि सत्ताको नेतृत्वमा रहेको फ्रिलिमो पार्टीले राष्ट्रपतिको चुनाव जितेको फैसला गरेपछि प्रदर्शन थप चर्किएको थियो।

भागेका मध्ये करिब १५० जना कैदीबन्दीलाई पुनः पक्राउ गरिएको उनले बताएका छन्।अदालतको आदेशपछि भएको प्रदर्शनका क्रममा ३३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।  एजेन्सी