२०८१ पुष १४ , आइतवार

राप्रपा आन्दोलनमा, ४० वुदे मागपत्र प्रति सरकारले सम्बोधन नगरेको आरोप

313766568_496828289047529_2111677015994557809_n

सुनाखरी न्युज/ काठमाडौं ।
राप्रपाको ४० वुदे मागपत्र प्रति सरकारले सम्बोधन नगरेको कारण राप्रपा आन्दोलन जान बाध्य भएको छ।
यसैको तयारी स्वरुप पुस र माघ महिना भरि युवा प्रशिक्षण,विरोध सभा,देशभरि कोणसभा मार्फत आन्दोलनका गतिविधि लाई अगाडि वढाउनेछ।
फागुन महिना वाट राजधानी केन्द्रीत निर्णायक आन्दोलन हुनेछ।सो आन्दोलनमा राप्रपाले देशभरि वाट २० हजार युवालाइ प्रशिक्षित गरायर राजधानी ओराल्ने छ।
राप्रपाले गर्ने यो निर्णायक आन्दोलनले नेपालमा राजसंस्था सहितको हिन्दु अधिराज्यको स्थापना,संघीयताको खारेजि,भ्रष्टाचारको अन्त्य र शुसासनको सुरुवात गराउने छ।
यहि कार्यक्रम लाइ सफल वनाउन राप्रपा जिल्ला कार्यसमिति नुवाकोटले जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम गरेको छ।अब जिल्लाका विभिन्न स्थानमा कोणसभा र विरोध सभाका कार्यक्रम हरु संचालन गरिने छ।
आज विदुरमा आन्दोलन परिचालन समितिका सदस्य केस निरन्जन थापा र महेश डंगोलले उपस्थिति युवाहरुलाइ प्रशिक्षित गरायका थिय।
जिल्ला अध्यक्ष कुल बहादुर खडगिको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि सह महामन्त्री झनक प्याकुरेल रहेका थिय।
आन्दोलन परिचालन समितिका सदस्य जनक राज पाठक ले प्रशिक्षणमा सहभागी हरुलाइ शुभकामना सन्देश दियका थिय।