२०८१ पुष २३ , मंगलबार

‘चाडपर्वले राष्ट्रिय एकता बलियो बनाएको छ’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु (गुरुङ) समुदायले नयाँ वर्ष शुभारम्भको अवसरमा धार्मिक सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका भएको बताउनुभएको छ ।अध्यक्ष दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा देश तथा विदेशमा रहनुभएका तमु समुदायका साथै समस्त नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दै उक्त शुभकामना व्यक्त गर्नुभएको हो ।

“नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षका ठूलाठूला गाथा बोकेर संविधानसभाबाट २०७२ सालमा जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक हाम्रो संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकतालाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको छ । हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ ं“सन्देशमा भनिएको छ,“यही विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ, यस्ता मौलिक चाडपर्वहरुले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।”

अध्यक्ष दाहालले सबै जातजाति र समुदायका नेपाली जनताबीच सामाजिक, सांस्कृतिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन पर्वले भूमिका खेल्नेसमेत उल्लेख गरेको छ । तमु ल्होसार पर्वले आफ्नो समुदायको परम्परागत संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकास गर्न विशिष्ट भूमिका खेलेको छ । यस पर्वमा तमु समुदायले आफ्नो वेषभूषा, पहिचान र संस्कारसहित जमघट हुने, गोष्ठी, प्रवचनका साथै नाचगान गर्ने र विभिन्न परिकार बनाएर खाने प्रचलन रहेको छ ।  रासस