२०८१ पुष २३ , मंगलबार

गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा यस क्षेत्रको अहिले ध्वस्त हमास प्रहरी बलका प्रमुख पनि रहेका छन् ।“दक्षिणी गाजा पट्टीको खान युनुस सहरको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा विस्थापित मानिसहरूको निवासमा कब्जाकारी विमानले बम प्रहार गर्दा तीन बालबालिका र दुई महिलासहित ११ जनाको मृत्यु भएको छ र १५ जना घाइते भएका छन्”, गाजाको नागरिक सुरक्षा एजेन्सीले विज्ञप्तिमा भन्यो ।

मारिनेहरूमा प्रहरी प्रमुख महमुद सलाह र उहाँका सहायक हुसाम शाहवान रहेको एजेन्सीका प्रवक्ता महमुद बासलले जानकारी दिनुभयो ।इजरायली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।इजरायली रक्षामन्त्री इजरायल काट्जले बुधबार हमासले इजरायलमा रकेट आक्रमण जारी राखेमा गाजामा आक्रमण तीव्र पार्ने धम्की दिनुभएको थियो ।

हालैका दिनहरूमा गाजाबाट नवीकृत रकेट आक्रमणले इजरायलमा थोरै क्षति पुर्याएको छ र युद्धको सुरुआती चरणको तुलनामा धेरै कम सङ्ख्यामा रकेट प्रहार गरिएको छ तर यो करिब १५ महिनाको लडाइँपछि इजरायली सरकारका लागि राजनीतिक झट्का हो ।काट्जले गाजामा अझै बन्धक बनाइएकाहरूको रिहाइको पनि माग गर्नुभयो ।  रासस/एएफपी