२०८१ पुष २५ , बिहिवार

सुदुरपश्चिममा मोटरस्र्पोस्रको धोषण

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनको आयोजनामा धनगढी अटोर्याली र अटोक्रस आगामी फागुन १६ र १७ मा हुने भएको छ । हिजो पौष २३ गते धनगढीमा प्रेसमिटमा “धनगढी अटोर्याली र अटोक्रस”को धोषणा गर्दै सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनका अध्यक्ष पुस्कर राज ओझाले थ्रिल, एड्भेन्चर र प्यासनकोे संगम मोटरस्पोर्टस्लाई सुदुरपश्चिममा यस कार्यक्रमबाट शुरुआत गरिएको बताएका छन् ।
प्रेसमिटमा सुदुरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिंहले युवाहरुमा लोकप्रिय बन्दै गएको मोटरस्पोर्टस्ले सुदुरसश्चिममा पनि नयाँ तरङ्ग ल्याउने आशा व्यक्त गर्दै प्रदेश खेलकुद परिषद्ले आवश्यक सहयोग गर्ने बताए।

प्रसमिटमा बताइए अनुसार धनगढीबाट शुरू गरिने अटो¥यालीमा न्यूनतम ५० वटा कार र जीप सहभागी हुनेछन् जसले समय, दूरी र गतिको संतुलन मिलाउँदै आयोजकले तोकेको रुटमा पर्शुराम धामसम्म टिए.एस.डी फ्म्र्याटको ¥यालीमा सहभागी हुनेछन् ।प्रत्येक गाडीमा ड्राइभर र न्याभिगेटर गरि २ जनाको टीम रहेकामा टिम दर्ता शुल्क जम्मा पाँच हजार तोकिएको छ । जसको विजयीले क्रमश रु ८१ हजार, २७ हजार र ९ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् भने संपूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ ।त्यस्तै चांदनी दोधारा पुल क्षेत्रमा अटोक्रसको आयोजना गरिनेछ, जसमा अटो¥यालीका सहभागीबाट २० ड्राईभरले अवसर पाउनेछन् । संसारकै सुन्दर पुलको वरिपरि हुने सो इभेन्टका विजेताहरुलाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर तथा शिल्ड र सर्टिफिकेट पाउने छन् । इभेन्टमा मेकानिकल, मेडिकल, मिडीया र तालिमप्राप्त मार्शलको व्यवस्था गरिएको पनि अयोजकल जनाए ।

जुनसुकै क्षमता र डिजायनका निजी कार र जीपलाई अटो¥यालीमा समावेश गराइनेछ भने अटोक्रसमा १ हजारदेखि १६ सय सिसी सम्मका कार मात्र सहभागी हुनेछन् ।नेपाल अटोमोबाइल्स एसोसिएसनको गाइडलाइन अनुसार हुने दक्ष प्राविधिक र मार्शलहरुका सुपरिवेक्षणमा संचालन हुने संघका तालिम तथा मार्शल कमिसनका सचिव आशिष रौनियारले बताए।सुदुरपश्चिम खेलकुद परिषदका मुख्य सहयोग रहेको सो इभेन्टहरुमा पर्शुराम भान नगरपालिक, स्थानिय उद्योग वाणिज्य संघहरु, अटोमोवाइल व्यवसायी संस्था लगायतक संधसंस्थाका सहयोग हुनेछ ।प्रेसमिटमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्व कुवँर, संघका तालिम तथा मार्शल कमिसनका प्रमोद श्रेष्ठ, सचिव सुमन सैजु लगायतले आफ्नो धारण राखे।