२०८१ पुष २६ , शुक्रवार

सरकारले शुरु गर्यो ‘थ्रेस होल्ड’ बढाउने गृहकार्य, प्रतिनिधि सभा र प्रदेशमा कति कति बनाइँदैछ ?

Nirbachan_nirwachan_elecion

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले थ्रेस होल्ड बढाउने गरी गृहकार्य थालेको छ।

समानुपातिक सिट पाउनका लागि आवश्यक पर्ने न्यूनतम मत प्रतिशत (थ्रेस होल्ड) को सीमा बढाउने गरी कानुन संशोधनको तयारीमा सरकार जुटेको हो।

गृह मन्त्रालयले प्रतिनिधि सभामा कम्तिमा ५ प्रतिशत र प्रदेश सभामा कम्तिमा ३ प्रतिशत मत पाउने दलहरूले मात्रै समानुपातिक सिट पाउने प्रस्ताव गर्दै कानुन संशोधन तयारी सुरू गरेको हो।

उक्त प्रस्ताव सहितको निर्वाचन व्यवस्था विधेयक गृह मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगेको छ।