२०८१ पुष २६ , शुक्रवार

भेनेजुएलाका राष्ट्रपति मादुरोले शुक्रबार नयाँ कार्यकालको सपथ लिँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सन् २०१३ देखि सत्तामा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले शुक्रबार तेस्रो कार्यकालका लागि सपथ लिनुहुनेभएको छ ।बिहीबार काराकासमा सपथ ग्रहणको विरोधमा प्रदर्शनको नेतृत्व गर्नुभएकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई ¥यालीपछि केही समयका लागि हिरासतमा लिइएको उहाँको समूहले जनाएको छ ।सरकारले उहाँलाई पक्राउ गरिएको भनी आएका समाचारको खण्डन गरेको छ ।

हालै, अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जुलाई २८ मा भएको निर्वाचनमा मादाडो र एडमण्डो गोन्जालेज उरुटियालाई ‘स्वतन्त्रता सेनानी’को संज्ञा दिनुभएको छ भने उहाँहरूको सुरक्षा हुनुपर्ने बताउनुभएको छ ।रिपब्लिकन नेता ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेख्नुभएको छ, “उहाँहरूको सुरक्षा सुनिश्चित हुनुपर्छ।”

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले मादुरो सरकारविरुद्ध अलोकतान्त्रिक कार्यका लागि दण्डात्मक कदम लिँदै उहाँ र भेनेजुयलाका केही उच्च पदस्थ अधिकारीविरूद्ध प्रतिबन्ध लगाउनुभएको थियो ।ट्रम्पको उत्तराधिकारीका रूपमा आउनुभएका जो बाइडेनले यी प्रतिबन्धलाई आंशिक रूपमा हटाउनुभएको थियो । यद्यपि, पछि बाइडेनको नेर्ततवमा नै ती प्रतिबन्धलाई पुनः लागू गरिएको थियो । ट्रम्पको अर्को कार्यकालमा यसलाई कडा बनाउन सकिने अनुमान विश्लेषकहरूले गरेका छन् । रासस/एएफपी